Newad1
Featured blog image

जेसीबी मेसिनबाट दुई जनाको जीवितै उद्धार गर्ने नेपाली ग्राहक सम्मानित

काठमाडौं । भोटेकोशी बाढीपछि त्रिशूली ३ए क्षेत्रमा उद्धार कार्यमा खटिएका ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ । जेसीबी मेसिन परिचालन गरी फसेका दुई व्यक्तिको जीवितै उद्धारमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

भारतमा आयोजित ‘बाउमा कोनेक्सपो इन्डिया २०२६’को जेसीबी प्याभिलियनमा उनीहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले दुवै नेपाली ग्राहकको उद्धार प्रयासको प्रशंसा गरेका थिए ।

कम्पनीका अनुसार राउत र अधिकारीले जेसीबी २२१ ट्र्याक्ड एक्स्काभेटरसहितका मेसिन प्रयोग गरेर त्रिशूली ३ए क्षेत्रमा लगातार धेरै दिन काम गरेका थिए । उनीहरूको प्रयासबाट बाढी प्रभावित क्षेत्रमा फसेका दुई व्यक्तिको जीवितै उद्धार सम्भव भएको कम्पनीको भनाइ छ ।

यसैबीच, नेपालका लागि जेसीबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा ‘जेसीबी विपद् राहत विशेष निःशुल्क सर्भिस क्याम्प’ सञ्चालन गरिरहेको छ । जेसीबी वाउ सर्भिस गाडीमार्फत उद्धार, राहत तथा पुनर्निर्माणमा प्रयोग भएका मेसिनलाई उक्त क्याम्पले समेटेको छ ।

कम्पनीले जोखिमपूर्ण क्षेत्रमा मेसिन सञ्चालन गरिरहेका अपरेटरलाई सुरक्षा किटसमेत वितरण गरेको जनाएको छ । एमएडब्लू अर्थमुभर्सले देशभर रहेका ३० भन्दा बढी शाखा र २०० भन्दा बढी सर्भिस इन्जिनियरमार्फत जेसीबीका ग्राहकलाई बिक्रीपछिको सेवा दिँदै आएको छ ।

footer