चीनको विशाल कार बजारमा दोस्रो स्थानसम्म उक्लियो लिपमोटर बी०३एक्स
काठमाडौं । बजारमा आएको पाँच महिना नपुग्दै एउटा कम्प्याक्ट इलेक्ट्रिक एसयूभीले बिक्रीको नयाँ कीर्तिमान बनाएको छ । पहुँचयोग्य सेग्मेन्टमै लक्जरी स्तरको प्रविधि र प्रिमियम फिचर दिने रणनीतिले यो मोडललाई छोटो समयमै स्थापित गाडीहरूको प्रतिस्पर्धामा अगाडि ल्याएको हो ।
चीनमा ए१० र अन्तर्राष्ट्रिय बजारमा बी०३एक्स नामबाट बिक्री भइरहेको लिपमोटरको यो मोडल अगस्टमा ३० हजार ६५२ युनिट बिक्री भएको छ । यही
बिक्रीसँगै बी०३एक्स चीनको दोस्रो सर्वाधिक बिक्री हुने गाडी बनेको हो ।
बी०३एक्सले लिपमोटरको इतिहासमा
सबैभन्दा छिटो एक लाख युनिट बिक्री हुने गाडीको कीर्तिमानसमेत बनाएको छ । मार्च २६
मा औपचारिक रूपमा बजार प्रवेश गरेको मोडलले केवल १३५ दिनपछि अर्थात् अगस्ट ७ मा एक लाख युनिट बिक्री पूरा गरेको हो ।
कम्पनीका अनुसार छोटो समयमै देखिएको यस्तो माग यस मोडलका लागि अभूतपूर्व हो ।
बी०३एक्सको लोकप्रियताले लिपमोटरको
समग्र डेलिभरी पनि नयाँ उचाइमा पुर्याएको छ । कम्पनी लगातार दुई महिना एउटै
महिनामा एक लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो उदाउँदो चिनियाँ ईभी स्टार्टअप
बनेको छ । लिपमोटरले जुलाई र अगस्ट दुवै महिनामा एक लाखभन्दा बढी गाडी डेलिभरी
गरेको हो ।
बी०३एक्समा सेग्मेन्टमै अग्रणी
मानिएको १४५ किलोवाटको मोटर, ५५ किलोवाट आवरको ब्याट्री र सीएलटीसी
परीक्षणअनुसार अधिकतम ५०५ किलोमिटर रेन्ज
दिइएको छ । यसको ब्याट्रीलाई ३० बाट ८० प्रतिशतसम्म फास्ट चार्ज गर्न १६ मिनेट
लाग्ने कम्पनीको दाबी छ ।
क्याबिनमा क्वालकम स्न्यापड्रागन ८२९५
ककपिट चिपसहित दुईवटा उच्च क्षमताका चिप प्रयोग गरिएको छ । गाडीमा ५१० लिटरको
ट्रङ्क दिइएको छ, जसलाई पछाडिका सिट फोल्ड गरेपछि एक हजार ६०५ लिटरसम्म विस्तार
गर्न सकिन्छ ।
विश्व बजारमा लिपमोटरलाई
स्टेलान्टिसको समर्थन छ । स्टेलान्टिस मासेराती, अल्फा रोमियो र प्युजोसहित १४ प्रमुख
ब्रान्ड समेटिएको अटोमोबाइल समूह हो । लिपमोटरले हालसम्म विश्वभर १७ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको
जनाएको छ ।
कम्पनीले आफूलाई चीनको पहिलो स्थानको स्टार्टअप न्यू इनर्जी भेहिकल ब्रान्डका रूपमा प्रस्तुत गरेको छ । हाल लिपमोटरको सञ्जाल ४५ भन्दा बढी देशमा फैलिएको छ भने विश्वभर बिक्री तथा सेवाका दुई हजारभन्दा बढी केन्द्र सञ्चालनमा छन् ।