बी०३एक्सलाई नजिकबाट हेर्ने अर्को मौका, नाडामा पनि प्रदर्शन हुँदै
काठमाडौं । केही दिनअघि मात्रै नेपाली अटोप्रेमीको ध्यान तानेको एउटा नयाँ इलेक्ट्रिक एसयूभी फेरि भृकुटीमण्डपमा देखिने भएको छ । पहिलो प्रदर्शनीमै मूल्य, डिजाइन र रेन्जका कारण चर्चा कमाएको यो मोडललाई नजिकबाट हेर्न छुटाएका ग्राहकले अब अर्को अवसर पाउनेछन् ।
नाइमा
नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको लिपमोटर
बी०३एक्स आगामी नाडा अटो शोमा पनि प्रदर्शन गरिने भएको हो ।
नाइमामा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकबाट राम्रो चासो पाएको
बी०३एक्सलाई कम्पनीले नाडामा पुनः प्रस्तुत गर्न लागेको छ ।
भदौ ९
देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा ग्राहकले
बी०३एक्सलाई अन्य प्रतिस्पर्धी मोडलसँग प्रत्यक्ष तुलना गर्न सक्नेछन् । छोटो
अन्तरालमा दुई ठूला अटो शोमा सहभागी हुनुले यो मोडललाई नेपाली बजारमा थप चिनाउने
अवसरसमेत दिने देखिन्छ ।
नेपालमा
साङ्ग्रिला मोटर्सले बिक्री गर्दै आएको बी०३एक्समा ५३ किलोवाट आवरको एलएफपी ब्याट्री
र १४५ किलोवाट
क्षमताको मोटर दिइएको छ । यसले डब्लूएलटीपीअनुसार ३८२ किलोमिटरसम्म रेन्ज
दिने कम्पनीको दाबी छ ।
गाडीमा
१४.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, लेभल–२ एडास र १८ इन्च अलोय ह्विलसहितका फिचर
उपलब्ध छन् । फराकिलो केबिन र आधुनिक क्रसओभर डिजाइन पनि नाइमामा यसको आकर्षणको
पक्ष बनेको थियो ।
नेपाली
बजारमा बी०३एक्सको नियमित मूल्य ४६
लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पहिलो १०० ग्राहकका लागि भने ४४ लाख ९९ हजार रुपैयाँको
विशेष मूल्य राखिएको छ ।
नाइमामा पहिलोपटक बी०३एक्स हेरेर निर्णयमा नपुगेका ग्राहकका लागि नाडा अब दोस्रो मौका बन्नेछ । मूल्य, रेन्ज, स्पेस र फिचरलाई एउटै स्थानमा प्रतिस्पर्धी गाडीसँग तुलना गर्न चाहनेका लागि पनि बी०३एक्स नाडामा चासोको मोडल बन्न सक्ने देखिन्छ ।