Newad1
Featured blog image

बजेटअघि कै मूल्यमा उपलब्ध म्याक्सस मिफा ७, सीमित स्टकका लागि विशेष अफर

काठमाडौं – नेपालमा म्याक्सस ब्रान्डको आधिकारिक वितरक हिमालय अर्गनाइजेसनले प्रिमियम इलेक्ट्रिक एमपीभी म्याक्सस मिफा ७ (MAXUS MIFA 7) लाई बजेटअघि कायम रहेको १ करोड २५ लाख रुपैयाँमै उपलब्ध गराउने विशेष अफर सार्वजनिक गरेको छ ।

सरकारले नयाँ कर संरचना लागू गरेपछि मिफा ७ को मूल्य २ करोड ४५ लाख रुपैयाँ पुगेको भए पनि कम्पनीले सीमित स्टकका लागि ग्राहकलाई पुरानै प्रि-बजेट मूल्यमा खरिद गर्ने अवसर दिएको जनाएको छ ।

कम्पनीका अनुसार यो अफर सीमित स्टकसम्म मात्र लागू हुनेछ । त्यसैले प्रि-बजेट मूल्यमा मिफा ७ खरिद गर्न इच्छुक ग्राहकलाई छिट्टै बुकिङ गर्न आग्रह गरिएको छ ।

म्याक्सस मिफा ७ प्रिमियम ७-सीटर इलेक्ट्रिक एमपीभी हो, जसमा आरामदायी केबिन, आधुनिक प्रविधि र उच्च स्तरको सुरक्षा सुविधा उपलब्ध छन् । कम्पनीका अनुसार यसमा ९० किलोवाट-घण्टा (kWh) क्षमताको ब्याट्री, १८० किलोवाट क्षमताको शक्तिशाली इलेक्ट्रिक मोटर र ३५० एनएम टर्क उपलब्ध छ ।

रेन्जको कुरा गर्दा मिफा ७ ले डब्लुएलटिपी (WLTP) सिटी साइकल अनुसार ६३५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । साथै, डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।

लक्जरी सुविधा, फराकिलो इन्टेरियर र उत्कृष्ट रेन्जका कारण म्याक्सस मिफा ७ परिवार तथा व्यवसायिक प्रयोगका लागि उपयुक्त इलेक्ट्रिक एमपीभीका रूपमा स्थापित हुँदै गएको कम्पनीले जनाएको छ । सीमित स्टकका लागि लागू गरिएको यो अफर सकिनुअघि बुकिङ गर्न कम्पनीले ग्राहकलाई अनुरोध गरेको छ ।


footer