Newad1
Featured blog image

प्रोजेक्टर हेडल्याम्प र टीएफटी डिस्प्लेसहितको नयाँ अपाचे आरटीआर १६० फोरभी सार्वजनिक

काठमाडौं – जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराएको छ। कम्पनीका अनुसार यो १६० सीसी सेग्मेन्टमा प्रोजेक्टर एलईडी हेडल्याम्प, युएसडी (अपसाइड–डाउन) फ्रन्ट फोर्क र ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गरिएको पहिलो मोडल हो ।

नयाँ अपाचे आरटीआर १६० फोरभीमा १५९.७ सीसी क्षमताको इन्जिन प्रयोग गरिएको छ । यसले स्पोर्ट मोडमा अधिकतम १७.५५ पीएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ भने अर्बन र रेन मोडमा १५.६४ पीएस पावर उपलब्ध गराउँछ । मोटरसाइकलमा पाँच–स्पिड गियरबक्स, डुअल च्यानल एबीएस, १२ लिटर क्षमताको फ्युल ट्याङ्की तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड समावेश गरिएको छ ।

यस मोडलको सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल विश्लेषक, कन्टेन्ट क्रिएटर तथा बाइक पारखीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले विशेष ट्र्याक राइड तथा टेस्ट राइडमार्फत मोटरसाइकलको अनुभव लिने अवसर समेत पाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेम्यान कारगरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार भएको उल्लेख गर्दै नयाँ अपाचे आरटीआर १६० फोरभीले आधुनिक प्रविधि र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने बताए ।

त्यसैगरी, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ मोडलमा समावेश गरिएका प्रोजेक्टर हेडल्याम्प, युएसडी सस्पेन्सन र टीएफटी डिस्प्लेजस्ता फिचरले १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे ।

कम्पनीका अनुसार मोटरसाइकल हाल नेपालका चयनित डिलरमार्फत उपलब्ध छ भने आगामी जुलाई महिनाभित्र देशभरका शोरुममा बिक्री सुरु गरिनेछ । म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङमा उपलब्ध यस मोटरसाइकलको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

footer