आधिकारिक सार्वजनिक मिति घोषणा हुन बाँकी रहे पनि ‘एक्सक्लुसिभ’ मूल्यमा अग्रिम बुकिङ सुरु
काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन बजारमा अर्को नयाँ विकल्प थपिने भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई.मास ५ को अग्रिम बुकिङ खुला गरेको छ ।
कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘बुक नाउ टु गेट द एक्सक्लुसिभ प्राइस’ भन्दै प्रचार अभियान सुरु गरेसँगै यो नयाँ विद्युतीय ह्याचब्याक चाँडै नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक हुने संकेत दिएको हो । यद्यपि, कम्पनीले हालसम्म यसको नेपाली मूल्य, पूर्ण प्राविधिक विवरण र औपचारिक लञ्च मिति भने सार्वजनिक गरेको छैन ।
प्रोटोन ई.मास ५ लाई आफ्नो सेग्मेन्टकै रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक ह्याचब्याकको रूपमा बजारमा ल्याउने तयारी गरिएको छ । गाडीमा आधुनिक डिजाइन, नयाँ पुस्ताका प्रविधि तथा उन्नत सुरक्षा फिचर समावेश हुने अपेक्षा गरिएको छ ।
जगदम्बा मोटर्सका अनुसार गाडीसम्बन्धी विस्तृत जानकारी, मूल्य र डेलिभरी प्रक्रिया आगामी केही साताभित्र सार्वजनिक गरिनेछ । अग्रिम बुकिङ सुरु भएसँगै नयाँ प्रोटोन ई.मास ५ प्रती नेपाली ईभी पारखीहरूको उत्सुकता थप बढेको छ ।
