Newad1
Featured blog image

अफ–रोडदेखि दैनिक यात्रासम्म उपयुक्त, ५.६५ लाखमा सिएफमोटो २५० डुअल ईएफआई

काठमाडौं । एड्भेन्चर मोटरसाइकल खोजिरहेका नेपाली राइडरका लागि सिएफमोटो नेपालले नयाँ आकर्षक विकल्प प्रस्तुत गरेको छ । कम्पनीले सिएफमोटो २५० डुअल ईएफआईलाई ५ लाख ६४ हजार ९ सय रुपैयाँ मूल्यमा उपलब्ध गराउँदै शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र अफ–रोड क्षमताको संयोजन एउटै प्याकेजमा दिएको जनाएको छ ।

इन्ट्री–लेभल एड्भेन्चर सेग्मेन्टलाई लक्षित गरी ल्याइएको यो मोटरसाइकलमा फ्युल–इन्जेक्टेड इन्जिन जडान गरिएको छ, जसले २२.५ एनएम टर्क उत्पादन गर्छ । कम तथा मध्यम आरपीएममै राम्रो टर्क उपलब्ध हुने भएकाले सहरी सडकदेखि कच्ची बाटो र पहाडी मार्गसम्म सहज रूपमा चलाउन सकिने कम्पनीको दाबी छ । 

यो मोटरसाइकलको तौल १५४ केजी मात्र भएकाले ह्यान्डलिङ सहज हुने र लामो दूरीको यात्रामा पनि राइडरलाई आत्मविश्वास मिल्ने बताइएको छ । पावर–टु–वेट अनुपात सन्तुलित भएकाले दैनिक प्रयोग र विकेन्ड एड्भेन्चर दुवैका लागि यो उपयुक्त विकल्प बन्न सक्ने कम्पनीको भनाइ छ ।

यसको अर्को प्रमुख विशेषता भनेको २४५ मिमी ग्राउन्ड क्लियरेन्स हो, जुन यस मूल्य वर्गका एड्भेन्चर मोटरसाइकलमध्ये उल्लेखनीय मानिन्छ । यसले उबडखाबड सडक, अफ–रोड ट्र्याक तथा ग्रामीण मार्गमा पनि सहज यात्रा गर्न मद्दत पुर्‍याउने कम्पनीले जनाएको छ ।

बिक्रीपछिको सेवा विस्तारमा पनि कम्पनीले जोड दिएको छ । हाल नेपालगञ्ज, बुटवल, हेटौँडा र इटहरीमा बिक्री, सर्भिस तथा जेनुइन स्पेयर पार्ट्सको सुविधा उपलब्ध छ भने चितवन र पोखरामा पूर्ण सुविधा सम्पन्न ३एस (सेल्स, सर्भिस र स्पेयर्स) केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र टेकु, नक्साल–नारायणचौर, झम्सीखेल र सल्लाघारीस्थित शोरुमबाट बिक्री, सर्भिस तथा आफ्टर–सेल्स सेवा लिन सकिनेछ । साथै, यात्राका क्रममा समस्या परेमा सहयोग गर्न कम्पनीले रोडसाइड असिस्टेन्स सेवा पनि सञ्चालन गरिरहेको जनाएको छ ।

ग्राहकलाई थप आकर्षित गर्न कम्पनीले २०८३ असारभित्र सिएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकका लागि २ वर्षसम्मको सवारी कर निःशुल्क गर्ने योजना सार्वजनिक गरेको छ । प्रत्येक मोटरसाइकल खरिदमा फुल–फेस हेल्मेट पनि निःशुल्क उपलब्ध गराइनेछ ।

शक्तिशाली प्रदर्शन, हल्का तौल, उच्च ग्राउन्ड क्लियरेन्स, विस्तार हुँदै गएको सेवा सञ्जाल र आकर्षक खरिद सुविधाका कारण सिएफमोटो २५० डुअल ईएफआई नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा बलियो प्रतिस्पर्धीका रूपमा स्थापित हुने अपेक्षा कम्पनीले गरेको छ ।

footer