सुजुकी किन्दा एक लाखसम्म नगद छुट र एक्सचेन्ज बोनस
काठमाडौं । नयाँ गाडी किन्ने तयारीमा रहेका ग्राहकका लागि नाडा अटो शोमा सुजुकीको प्याभिलियन यसपटक केवल नयाँ मोडेल हेर्ने ठाउँमा सीमित हुने छैन । चाडपर्वलक्षित छुट, एक्सचेन्ज सुविधा र बुकिङमा पुरस्कारसहित कम्पनीले ग्राहक आकर्षित गर्ने विशेष योजना ल्याएको छ ।
नेपालका लागि
सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव’अन्तर्गत
ग्राहकलाई एक लाख रुपैयाँसम्म नगद छुट र एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस दिने
जनाएको छ । यससँगै निःशुल्क एक्सेसरिज, आवधिक मर्मतसम्भारमा आवश्यक पार्ट्स तथा एक
वर्षको अटो प्लस बिमासमेत उपलब्ध हुनेछ ।
छुट र सुविधा
मोडेलअनुसार फरक हुनेछन् । योजनामा अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको
भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ईभिटारासहित सुजुकीको सम्पूर्ण
लाइनअप समेटिएको छ । यो योजना २०८३ साउन २७ देखि मंसिर १५ गतेसम्म लागू रहने कम्पनीले
जनाएको छ ।
नाडा अटो शो
अवधिमा छानिएका मोडेल बुकिङ गर्ने ग्राहकले थप रूपमा ‘स्क्र्याच एन्ड विन’मार्फत
दुई लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन् । यो सुविधा सुजुकी
पर्वोत्सवअन्तर्गत उपलब्ध गराइनेछ ।
ईभिटाराका
लागि चलिरहेको पहिलो एक सय युनिटको प्रवर्धनात्मक योजना भने छुट्टै रूपमा निरन्तर
रहनेछ । उक्त योजना सकिएपछि ईभिटारामा पनि मोडेलअनुसार सुजुकी पर्वोत्सवका सुविधा
लागू हुनेछन् ।
ईभिटारा खरिद
गर्ने ग्राहकले गाडीसँग उपलब्ध हुने तीन किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त
सात किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । होम चार्जर जडान भने ग्राहकको घर वा
परिसरमा उपलब्ध प्राविधिक सम्भाव्यतामा निर्भर रहनेछ ।
सुजुकीले
नाडा अटो शोमार्फत नयाँ ब्रेजासमेत नेपाली बजारमा सार्वजनिक गरेको छ । आगन्तुकले
प्रदर्शनी अवधिभर गाडी अवलोकन गर्नुका साथै यसको नयाँ पावरट्रेन, फिचर र सुरक्षा
अपग्रेडबारे कम्पनीका प्रडक्ट विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।
नयाँ ब्रेजासहित सुजुकीका विभिन्न मोडेल भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित सुजुकी प्याभिलियनको स्टल ए–२ मा राखिएका छन् । कम्पनीले अफरको विस्तृत सुविधा, भेरियन्टअनुसारको योग्यता र आवश्यक कागजातबारे आधिकारिक डिलरसिप वा नाडास्थित प्याभिलियनबाट जानकारी लिन सकिने जनाएको छ ।