Newad1
Featured blog image

पूर्वदेखि पश्चिमसम्म एकैपटक सार्वजनिक भयो नयाँ पञ्च ईभी

काठमाडौँ । नेपाली विद्युतीय सवारी बजारमा बहुप्रतीक्षित नयाँ कम्प्याक्ट एसयूभीको बिक्री देशव्यापी रूपमा सुरु भएको छ । काठमाडौँमा सार्वजनिक भएकै समयमा विभिन्न सहरका आधिकारिक शोरुममा समेत गाडी उपलब्ध गराइएपछि राजधानीबाहिरका ग्राहकले पनि सहज रूपमा अवलोकन र बुकिङ गर्न पाउने भएका छन् ।

टाटा मोटर्सको नयाँ पञ्च ईभीलाई नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले देशभरका शोरुमबाट एकसाथ सार्वजनिक गरेको हो । यसको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने नयाँ पञ्च ईभीको सुरुवाती मोडल ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । यस अवधिमा बुकिङ गर्नेलाई ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टीसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जङ्ग सिजापतिका अनुसार सार्वजनिक हुनुअघिदेखि नै गाडीप्रति देखिएको चासो बुकिङमा समेत प्रतिबिम्बित भएको छ । बुकिङ भइसकेका गाडी केही दिनभित्र ग्राहकलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताए ।

नयाँ पञ्च ईभी बिर्तामोड, विराटनगर, इटहरी, मधेस प्रदेश, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीका आधिकारिक शोरुममा उपलब्ध भएको छ । देशका प्रमुख सहरमा एकैपटक बिक्री सुरु गरिएकाले ग्राहकलाई खरिदसँगै बिक्रीपछिको सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ ।

footer