Newad1
Featured blog image

ईभी किन्ने सोचमा हुनुहुन्छ ? टाटाको मनसुन अफरमा पाइन्छ यस्ता आकर्षक सुविधा

काठमाडौं । नेपालमा नयाँ गाडी खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै टाटा मोटर्सले आजदेखि ‘मनसुन एक्सचेन्ज अफर’ सुरु गरेको छ । आगामी आइतबार (असार २८ गते) सम्म सञ्चालन हुने यो विशेष अभियान देशभर रहेका टाटा शोरुममार्फत लागू हुने कम्पनीले जनाएको छ ।

मनसुन अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टाटा गाडी खरिद गर्दा आकर्षक छुटसँगै विभिन्न अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् । विशेषगरी नयाँ प्रविधियुक्त तथा विद्युतीय सवारी रोज्ने ग्राहकलाई केन्द्रमा राखेर कम्पनीले यो योजना ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार एक्सचेन्जका लागि ल्याइने पुराना गाडीको बजारअनुसार प्रतिस्पर्धी मूल्याङ्कन गरिनेछ । त्यससँगै नयाँ गाडी खरिद गर्दा नगद छुटको सुविधा पनि उपलब्ध हुनेछ । यसले पुरानो गाडी बिक्री गर्ने झन्झट कम गर्नुका साथै नयाँ सवारीमा स्तरोन्नति गर्न चाहने ग्राहकलाई सहज विकल्प दिने विश्वास कम्पनीको छ ।

विद्युतीय सवारी खरिद गर्ने ग्राहकका लागि भने अफर अझ आकर्षक बनाइएको छ । कम्पनीले जीवनभर निःशुल्क डीसी फास्ट चार्जिङ, घरमै निःशुल्क चार्जर जडान, प्रत्येक बुकिङमा सुनिश्चित उपहार, निःशुल्क एसेसरिज तथा एक वर्षको सवारी कर कम्पनीले नै व्यहोर्ने सुविधा उपलब्ध गराउने जनाएको छ । यी सुविधाले प्रारम्भिक स्वामित्व लागत घटाउनुका साथै ईभी प्रयोगलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

टाटाका अनुसार एक्सचेन्ज प्रक्रिया छिटो, पारदर्शी र झन्झटरहित बनाइएको छ । त्यसैले पुरानो गाडी साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि यो अभियान वर्षकै उत्कृष्ट अवसरमध्ये एक हुन सक्ने कम्पनीको दाबी छ ।

नेपालको अटोमोबाइल बजारमा पछिल्ला केही वर्षयता विद्युतीय सवारीको माग उल्लेख्य रूपमा बढ्दै गएको छ । इन्धन खर्चमा बचत, सञ्चालन खर्च कम हुनु, चार्जिङ पूर्वाधार विस्तार हुँदै जानु तथा सरकारी नीतिले पनि ईभीलाई प्राथमिकता दिँदै आएका कारण धेरै ग्राहक पेट्रोल तथा डिजेल गाडीबाट विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका छन् ।

यही बढ्दो प्रतिस्पर्धाबीच अटो कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न एक्सचेन्ज योजना, नगद छुट, निःशुल्क चार्जिङ, बीमा तथा कर सहुलियतजस्ता अफर सार्वजनिक गरिरहेका छन् । टाटाको मनसुन एक्सचेन्ज अफर पनि त्यही रणनीतिको निरन्तरता मानिएको छ ।

कम्पनीका अनुसार मध्यम वर्गीय ग्राहकदेखि प्रिमियम सेग्मेन्टका गाडी खरिदकर्तासम्मलाई लक्षित गरिएको यो योजनाले नयाँ गाडी खरिदको आर्थिक भार कम गर्न सहयोग पुर्‍याउनेछ । एक्सचेन्जको उचित मूल्य, आकर्षक छुट तथा थप सुविधाले आगामी तीन दिन नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि टाटा शोरुमलाई विशेष गन्तव्य बनाउने अपेक्षा कम्पनीले गरेको छ ।


footer