बोल्ड र स्पोर्टी लुकमा फेरि टीभीएस एनटर्क, ब्लेज ब्लु संस्करण सार्वजनिक
काठमाडौं — युवा वर्गको रोजाइमा निरन्तर परिरहेको टीभीएस एनटर्क १२५ रेस एक्सपी शृङ्खलामा नेपाली बजारले अर्को नयाँ रङ्ग चियाएको छ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क १२५ रेस एक्सपीको ब्लेज ब्लु रङ्गको संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको एक कार्यक्रमबाट यो नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो, जसको उद्घाटन जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले गरेका थिए । कार्यक्रममा कम्पनीका ग्राहक, सञ्चारकर्मी, विभिन्न कन्टेन्ट क्रिएटर तथा मोटर बाइक प्रेमीहरूको सहभागिता रहेको थियो ।
एनटर्क
शृङ्खला सुरुदेखि नै आफ्नो बोल्ड
र स्पोर्टी पहिचानका कारण चर्चामा रहँदै
आएको छ । नयाँ ब्लेज
ब्लु संस्करणले त्यही पहिचानलाई थप
गाढा बनाउने प्रयास गरेको
देखिन्छ । गाढा निलो रङ्गमा
थपिएका स्पोर्टी ग्राफिक्स र धारिलो बनावटले
यसलाई सडकमा छुट्टै उपस्थिति
दिने कम्पनीको दाबी छ । दैनिक
यातायातका लागि प्रयोग हुने
भए पनि स्टाइल र
पर्फमेन्स दुवैलाई एकैसाथ खोज्ने युवा
सवारीचालकहरूलाई लक्षित गरी यो
संस्करण ल्याइएको जगदम्बा मोटर्सले जनाएको छ ।
प्रविधिगत
हिसाबले हेर्दा यो स्कुटरले
एक लिटर इन्धनमा ५०
किलोमिटरसम्म धान्ने परीक्षण गरिएको
माइलेज दिने कम्पनीको भनाइ
छ । साथै यसमा लाइफटाइम
वारेन्टीको सुविधा पनि समावेश
गरिएको छ, जसले ग्राहकलाई
लामो समयसम्म ढुक्कका साथ सवारी प्रयोग
गर्न सहयोग पुर्याउने
जगदम्बा मोटर्सको विश्वास छ ।
कार्यक्रममा
बोल्दै कार्यकारी निर्देशक अखिल गुप्ताले एनटर्कले
सधैं पर्फमेन्स र बोल्ड स्टाइल
खोज्ने युवा पुस्तासँग गहिरो
सम्बन्ध राख्दै आएको बताए ।
उनका अनुसार ब्लेज ब्लु
संस्करणमार्फत त्यही पहिचानलाई नयाँ
र उत्साहजनक तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएको
छ, र आफ्नो राइडमार्फत
भिन्न देखिन चाहने ग्राहकका
लागि यो विकल्प आकर्षक
हुने उनको विश्वास छ ।
मूल्यका हिसाबले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको दाम ३ लाख ३४ हजार ४ सय रुपैयाँ तय गरिएको छ । यो स्कुटर देशभर फैलिएको टीभीएसका आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध रहने भएकाले चासो राख्ने ग्राहकले नजिकैको शोरुममा पुगी थप विवरण तथा उपलब्धताबारे जानकारी लिन सक्ने जगदम्बा मोटर्सले जनाएको छ ।