एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने हुन्डाईको नयाँ योजना सार्वजनिक
काठमाडौं
। नेपालका लागि हुन्डाई गाडीको
आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा
विश्वकप २०२६ सँग हुन्डाईको
विश्वव्यापी साझेदारीको अवसर पारेर ‘World Cup to World Cup’ (विश्वकपदेखि अर्को विश्वकपसम्म) विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीका
अनुसार यो अभियानले ग्राहकलाई
दीर्घकालीन स्वामित्व अनुभवलाई अझ सहज, लाभदायक
र विश्वसनीय बनाउने लक्ष्य राखेको छ ।
विश्वव्यापी
रूपमा फिफा विश्वकप २०२६
को आधिकारिक साझेदार रहेको हुन्डाईले गतिशीलता, नवीनता र मानिसहरूलाई जोड्ने
आफ्नो अवधारणालाई नेपालमा पनि विस्तार गर्दै
यो विशेष योजना ल्याएको जनाएको छ । कम्पनीका
अनुसार ‘World Cup to
World Cup’ अभियानले ग्राहकलाई एक विश्वकपदेखि अर्को
विश्वकपसम्म निर्धक्क भएर हुन्डाईको साथमा
यात्रा गर्ने अनुभव प्रदान गर्नेछ ।
यस अफर अन्तर्गत ग्राहकहरूले
४ वर्षको गाडी वारेन्टी, निर्धारित
मोडलहरूमा रु. ४ लाखसम्मको
नगद छुट, तथा रु.
४४,४४४ सम्मको विशेष
विश्वकप बोनस प्राप्त गर्न
सक्नेछन् । साथै १
वर्षको विस्तृत बीमा, स्पट एक्सचेन्ज तथा
तत्काल मूल्याङ्कन सुविधा पनि उपलब्ध गराइएको
कम्पनीले जनाएको छ ।
हुन्डाई नेपालका अनुसार यो योजना केवल
मूल्य छुटमा सीमित नभई ग्राहकलाई दीर्घकालीन
स्वामित्व लाभ प्रदान गर्ने
उद्देश्यले तयार गरिएको हो
। सबै हुन्डाई गाडीमा
४ वर्षको गाडी वारेन्टी, ८
वर्षको हाई–भोल्टेज ब्याट्री
वारेन्टी तथा ६ वर्षको
निःशुल्क सर्भिसिङ उपलब्ध हुने भएकाले ग्राहकले
थप विश्वास र ढुक्कताका साथ
विद्युतीय तथा इन्धनबाट चल्ने
दुवै प्रकारका गाडी प्रयोग गर्न
सक्नेछन् ।
हाल नेपाली बजारमा हुन्डाईका विद्युतीय तथा आन्तरिक दहन
इन्जिन (Internal
Combustion Engine–ICE) दुवै
श्रेणीका सवारीसाधन लोकप्रिय रहँदै आएका छन् ।
कम्पनीले बिक्रीपछिको सेवा, देशव्यापी शोरुम तथा सेवा सञ्जाल,
सहज स्पेयर पार्ट्स उपलब्धता र ग्राहक सेवामा
निरन्तर लगानी गर्दै आएको छ, जसले
हुन्डाईलाई नेपाली अटो बजारमा सबैभन्दा
विश्वासिलो ब्रान्डमध्ये एक बनाएको छ
।
कम्पनीले सीमित अवधिका लागि सञ्चालन हुने
यस ‘World Cup to World
Cup’ अभियानको लाभ लिन आफ्ना
नजिकको हुन्डाई शोरुममा सम्पर्क गर्न सम्पूर्ण ग्राहकलाई
आग्रह गरेको छ ।
हुन्डाई नेपालका अनुसार यो अभियानले विश्वकपको
उत्साहसँगै ग्राहकलाई आकर्षक बचत, उत्कृष्ट सेवा
र दीर्घकालीन स्वामित्व अनुभव प्रदान गर्दै "हरेक माइललाई विशेष
बनाउने" विश्वासलाई अझ मजबुत बनाउनेछ
।