Newad1
Featured blog image

पोखरामा सीएफमोटोको नयाँ आउटलेट, एकै स्थानमा बिक्री र सर्भिस सुविधा

पोखरा । प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखरामा नयाँ ३एस आउटलेट सञ्चालनमा ल्याएको छ । हिमालयन अटो नेक्सस प्रालिले सञ्चालन गर्ने आउटलेटबाट मोटरसाइकलको बिक्रीसँगै आधिकारिक सर्भिस र स्पेयर पार्ट्स सेवा उपलब्ध हुनेछ ।

असोज १० गते उद्घाटन गरिएको आउटलेटबाट पोखरा तथा आसपासका ग्राहकले टेस्ट राइड, नयाँ मोटरसाइकल खरिद, नियमित सर्भिसिङ, प्राविधिक जाँच र बिक्रीपछिको सेवा एउटै स्थानबाट लिन सक्ने कम्पनीले जनाएको छ । उद्घाटनकै दिन आठवटा सीएफमोटो मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरिएको थियो ।

आउटलेट उद्घाटनको अवसरमा सीएफमोटोका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई रु. २० हजारसम्म नगद छुट दिने घोषणा गरिएको छ । यससँगै निःशुल्क हेल्मेट र ह्यान्डगार्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ । सीएफमोटो २५० डुअलमा पाँच वर्षको इन्जिन वारेन्टी दिइनेछ भने फाइनान्समार्फत खरिद गर्दा न्यूनतम ४० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ ।

सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने क्रममा पोखरामा नयाँ आउटलेट थपेको हो । पोखराबाट हिमाली तथा उच्च पहाडी गन्तव्यतर्फ मोटरसाइकल यात्रा गर्ने राइडरलाई आवश्यक सर्भिस, जेन्युइन स्पेयर पार्ट्स र प्राविधिक सहयोग उपलब्ध गराउनु पनि आउटलेटको उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा सीएफमोटोका २५० डुअल ईएफआई, ४५० एमटी, ४५० सीएल–सी, ४५० सीएल–सी बबर र ४५० एसआर–एसलगायत मोटरसाइकल उपलब्ध छन् । कम्पनीले एड्भेन्चर तथा प्रिमियम मोटरसाइकलका ग्राहकलाई लक्षित गरी अन्य प्रमुख सहरमा पनि बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने जनाएको छ ।

footer