सिट्रोएनको नयाँ ईभी सार्वजनिक, मूल्य घट्यो तर सुविधा झन् बढ्यो
काठमाडौं । फ्रान्सेली अटोमोबाइल निर्माता सिट्रोएन ले आफ्नो विद्युतीय ह्याचब्याक ई–सी३ लाई नयाँ अपडेटसहित ई–सी३एक्स नाममा भारतीय बजारमा सार्वजनिक गरेको छ । यसको सुरुआती एक्स–शोरुम मूल्य १० लाख २५ हजार भारतीय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो मोडलको तुलनामा १ लाख ७४ हजार भारतीय रुपैयाँले सस्तो हो ।
कम्पनीले ‘सेवाका रूपमा ब्याट्री’ योजना पनि ल्याएको छ । यसअन्तर्गत ग्राहकले गाडीको प्रारम्भिक मूल्य ६ लाख २९ हजार भारतीय रुपैयाँमा खरिद गर्न सक्नेछन् भने ब्याट्री प्रयोग गरेबापत प्रति किलोमिटर २ रुपैयाँ २६ पैसा शुल्क तिर्नुपर्नेछ ।
एउटै ब्याट्री, तर रेन्ज ७९ किलोमिटरले बढ्यो
बाहिरी डिजाइनमा आधुनिक परिवर्तन
भित्री भाग अझ प्रिमियम
नेपालमा आउला ?
नयाँ मोडलमा अघिल्लै ब्याट्री प्याक प्रयोग गरिएको भए पनि ऊर्जा व्यवस्थापन प्रणालीमा सुधार गरिएकाले कम्पनीले यसको एक पटकको चार्जमा चल्ने दूरी ७९ किलोमिटरले बढेको दाबी गरेको छ ।
ई–सी३एक्समा नयाँ एलईडी प्रोजेक्टर हेडलाइट, १५ इन्चका दुई रङका चक्का, तथा विद्युतमार्फत समायोजन र फोल्ड गर्न मिल्ने साइड मिरर दिइएको छ ।
यसका साथै भि–आकारका एलईडी डे–टाइम रनिङ लाइट, एलईडी टेललाइट, कालो बडी क्ल्याडिङ, अगाडिको फग ल्याम्प र सिल्भर स्किड प्लेट डिजाइनलाई निरन्तरता दिइएको छ ।
गाडीको भित्री भागमा नयाँ निलो–बेज दुई रङको डिजाइन प्रयोग गरिएको छ । सिटमा पहिलेको कपडाको सट्टा कृत्रिम छालाको आवरण दिइएको छ, जसले प्रिमियम अनुभव प्रदान गर्छ ।
यसमा रङीन डिजिटल चालक सूचना डिस्प्ले, तारबिनाको मोबाइल चार्जिङ सुविधा, जेबीएल ध्वनि प्रणाली, तथा ६ वटा एयरब्याग जस्ता आधुनिक सुविधा पनि समावेश गरिएको छ ।
हालसम्म नयाँ ई–सी३एक्स नेपालमा कहिले भित्रिने भन्ने आधिकारिक जानकारी सार्वजनिक भएको छैन । तर नेपाली बजारमा उपलब्ध गराइएमा आकर्षक मूल्य, बढेको रेन्ज र नयाँ सुविधाका कारण यसले विद्युतीय कार बजारमा राम्रो प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा भन्सार, कर तथा अन्य शुल्क जोडिएपछि यसको मूल्य भारतीय बजारको तुलनामा उल्लेख्य रूपमा बढी हुने सम्भावना छ ।