पश्चिम नेपालको बजारमा फोटोनको बलियो उपस्थिति, बुटवलमा अत्याधुनिक शोरुम सञ्चालनमा
बुटवल । फोटोन मोटर्स नेपालले पश्चिम नेपालको बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पूर्ण 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहितको शोरुम उद्घाटनसँगै कम्पनीले पश्चिम क्षेत्रका ग्राहकलाई अझ सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
असार १५ गते मणिग्राम, बुटवलमा आयोजित कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार बराल र फोटोन नेपाल का कन्ट्री म्यानेजर साइरस ले ले संयुक्त रूपमा रिबन काटेर नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।
कम्पनीका अनुसार नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा आसपासका जिल्लाका ग्राहकलाई लक्षित गर्दै सेवा प्रदान गर्नेछ । यसबाट फोटोनका व्यावसायिक सवारीसाधन खरिद, मर्मत तथा जेन्युइन स्पेयर पार्ट्स प्राप्त गर्न ग्राहकले अन्य शहर धाउनुपर्ने आवश्यकता कम हुने विश्वास गरिएको छ ।
बुटवलस्थित नयाँ शोरुममा बिक्री, आफ्टर–सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पार्ट्सको सुविधा एउटै स्थानबाट उपलब्ध हुनेछ । कम्पनीले यसलाई ग्राहकलाई सहज, भरपर्दो र दीर्घकालीन सेवा अनुभव प्रदान गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ । साथै, सवारी खरिदपछि पनि सम्पूर्ण उपयोग अवधिभर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले देशव्यापी सेवा सञ्जाल विस्तारलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम कम्पनीको व्यापार विस्तार मात्र नभई देशभरका ग्राहक र समुदायप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतीक भएको बताए । उनले प्रत्येक ग्राहक सम्पर्क बिन्दुमा गुणस्तरीय सेवा र विश्वासलाई प्राथमिकतामा राख्दै कम्पनी अघि बढिरहेको उल्लेख गरे ।
कम्पनीले बुटवल शोरुम सञ्चालनसँगै ग्राहकको आवश्यकता नजिकबाट बुझ्दै देशभर सेवा पहुँच र विश्वसनीयता अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।
एमएडब्लु वृद्धि कमर्सियलबारे
एमएडब्लु वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो । कम्पनी फोटोनका व्यावसायिक सवारीसाधनको आधिकारिक वितरकका रूपमा कार्यरत छ । विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै कम्पनीले देशभर विस्तार भइरहेको शोरुम तथा सेवा केन्द्रमार्फत अन्तर्राष्ट्रियस्तरको आफ्टर–सेल्स सेवा र उच्च गुणस्तरका व्यावसायिक सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।