Newad1
Featured blog image

आधुनिक इन्जिनलाई लक्षित गर्दै इन्डियन आयलको ‘सर्भो हाइपर’ सिरिज सार्वजनिक

काठमाडौं । इन्डियन आयलले आधुनिक सवारीसाधनका इन्जिनको आवश्यकता पूरा गर्ने उद्देश्यसहित आफ्नो प्रिमियम लुब्रिकेन्ट दायरालाई विस्तार गर्दै नयाँ ‘सर्भो हाइपर सिरिज’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उन्नत लुब्रिकेन्ट पोर्टफोलियो हो, जसलाई नयाँ पुस्ताका इन्जिन र उच्च प्रदर्शन गर्ने औद्योगिक उपकरणलाई ध्यानमा राखेर विकास गरिएको हो ।

कम्पनीले सर्भो हाइपर सिरिजमा अत्याधुनिक सिन्थेटिक बेस आयल र नयाँ पुस्ताको एडिटिभ प्रविधि प्रयोग गरिएको जनाएको छ । यसले इन्जिनको कार्यक्षमता सुधार्नुका साथै इन्धन दक्षता बढाउने, इन्जिनको सुरक्षा मजबुत बनाउने र लामो समयसम्म आयल परिवर्तन नगरी सञ्चालन गर्न सकिने सुविधा प्रदान गर्ने दाबी गरिएको छ ।

नयाँ सिरिजअन्तर्गत हाइपर ड्राइभ, हाइपर स्पोर्ट र हाइपर टर्क गरी तीन फरक श्रेणीका उत्पादन उपलब्ध गराइएको छ । यी क्रमशः यात्रुवाहक कार, मोटरसाइकल तथा स्कुटर र कमर्सियल सवारीसाधनलाई लक्षित गरेर तयार गरिएको कम्पनीले जनाएको छ ।

कारका लागि ल्याइएको हाइपर ड्राइभ बीएस६ पेट्रोल र डिजेल इन्जिन भएका अधिकांश सवारीका लागि उपयुक्त मानिएको छ । यो होन्डा, शेभ्रोलेट, फोर्ड, टोयोटा, निसान, मारुती सुजुकी, एमजी, रेनो, हुन्डाई, सिट्रोएन, फक्सवागेन समूह, बीएमडब्ल्यु र मर्सिडिज–बेन्जलगायतका ब्रान्डका सवारीमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

यसैगरी हाइपर ड्राइभ एनएक्सटी उच्च प्रदर्शन गर्ने कारका लागि विकास गरिएको संस्करण हो । यो पेट्रोल, डिजेल, सीएनजी, फ्लेक्स–फ्युल तथा हाइब्रिड सवारीसँग समेत मिल्ने बताइएको छ । विशेषगरी हाइब्रिड गाडीको कोल्ड स्टार्ट र ई८५ इन्धनका लागि यसलाई अनुकूल बनाइएको कम्पनीले जनाएको छ ।

दुईपाङ्ग्रे सवारीका लागि कम्पनीले हाइपर स्पोर्ट एफ५, हाइपर स्पोर्ट ४टी र हाइपर स्पोर्ट स्कुटर गरी तीन विकल्प ल्याएको छ । एफ५ विशेषगरी सुपरबाइक तथा रेसिङ मोटरसाइकलका लागि सिफारिस गरिएको छ भने यसमा १० हजार किलोमिटरसम्मको ड्रेन इन्टरभल उपलब्ध हुने दाबी गरिएको छ ।

त्यस्तै, हाइपर स्पोर्ट ४टी अधिकांश चार–स्ट्रोक (4-Stroke) मोटरसाइकलका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । यो विशेषगरी रोयल इन्फिल्ड, हिरो, बजाज, टिभिएस, होन्डा र यामाहाजस्ता ब्रान्डका मोटरसाइकलका लागि सिफारिस गरिएको छ । गियरलेस स्कुटरका लागि तयार गरिएको हाइपर स्पोर्ट स्कुटरमा पनि ८ हजार किलोमिटरसम्मको ड्रेन इन्टरभल उपलब्ध हुने कम्पनीको दाबी छ ।

कमर्सियल सवारीका लागि भने हाइपर टर्क, हाइपर टर्क एनएक्सटी र हाइपर टर्क एक्सपी गरी तीन संस्करण ल्याइएको छ । हाइपर टर्क बीएस४ र सोअघिका हेभी–ड्युटी डिजेल ट्रकका लागि उपयुक्त रहेको छ र यसमा ८० हजार किलोमिटरसम्म ड्रेन इन्टरभल उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बीएस६ कमर्सियल सवारीका लागि तयार गरिएको हाइपर टर्क एनएक्सटीमा १ लाख २० हजार किलोमिटरसम्मको ड्रेन इन्टरभल उपलब्ध हुने उल्लेख गरिएको छ । त्यस्तै, पूर्ण सिन्थेटिक इन्जिन आयलरहेको हाइपर टर्क एक्सपी कम सल्फर इन्धन प्रयोग गर्ने ट्रकका लागि विकास गरिएको कम्पनीले जनाएको छ ।

footer