Newad1
Featured blog image

चितवनपछि पोखरा बजारमा नेभो क्यू०५को दस्तक

पोखरा । चितवनमा सार्वजनिक गरिएको चाङ्गान नेभो क्यू०५ अब पोखरामा सार्वजनिक हुने भएको छ । नेपालका लागि चाङ्गानको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शुक्रबार पोखरामा गाडी सार्वजनिक गरी चारदिने टेस्ट ड्राइभ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

ग्राहकले असोज ३ देखि ६ गतेसम्म पोखराको चाउथेमा रहेको दीपल शोरुम पुगेर नेभो क्यू०५को टेस्ट ड्राइभ गर्न सक्नेछन् । क्यू०५को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसमा ५१.९ किलोवाट आवर क्षमताको क्याटल लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ । कम्पनीका अनुसार गाडीले एनईडीसी परीक्षणमा अधिकतम ४६२ किलोमिटर रेन्ज दिन्छ भने प्रतिएक सय किलोमिटर १२.९ किलोवाट आवर ऊर्जा खपत गर्छ ।

क्यू०५मा क्याटलको गोल्डेन शिल्ड २.० ब्याट्री प्रणाली र थ्री–सी फास्ट चार्जिङ प्रविधि प्रयोग गरिएको छ । यसको अधिकतम डीसी चार्जिङ क्षमता १६२ किलोवाटसम्म रहेको र अनुकूल चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

२ हजार ७३५ एमएम ह्विलबेस भएको क्यू०५मा पछाडिका यात्रुका लागि रिक्लाइनिङ सिट र ५४० लिटरको बुट स्पेस दिइएको छ । एमएडब्लू वृद्धिले नेपालमा चाङ्गानका साथै दीपल, नेभो र अभतार ब्रान्डका गाडी बिक्री गर्दै आएको छ ।

footer