ब्रेक डिस्कका प्रकार र सही छनोट—सुरक्षित यात्राको आधार
गाडी चलाउनु भनेको केवल अगाडि बढ्नु मात्र होइन — सही समयमा रोक्न सक्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । यही काम गर्छ ब्रेक सिस्टमले। तर के तपाईंलाई थाहा छ, बजारमा हरेक ब्रेक डिस्क एकै खालको हुँदैन ? प्रत्येक डिजाइनपछि एउटा फरक उद्देश्य र फरक ड्राइभिङ शैली लुकेको छ ।
सोलिड
डिस्क—सबैभन्दा सरल र पुरानो
भरोसामन्द विकल्प हो यो ।
साना गाडी र दैनिक
सहरी ड्राइभिङका लागि यो पर्याप्त
र किफायती हुन्छ। एउटै कमजोरी
भनेको—लामो यात्रा वा
बारम्बार ब्रेक लगाउँदा यो
छिटो तात्न सक्छ ।
भेन्टिलेटेड
डिस्क—भित्री भागमा हावा बग्ने
च्यानल बनाइएको यस डिस्कले ताप
छिटो बाहिर निकाल्छ । यसैले
ब्रेक फेडको समस्या कम
हुन्छ र लामो दूरीको
यात्रामा पनि ब्रेकिङ स्थिर
रहन्छ। धेरैजसो गाडीको अगाडिको पाङ्ग्रामा
यही डिस्क प्रयोग हुन्छ ।
ड्रिल्ड
डिस्क—सतहमा बनाइएका साना प्वालहरूले पानी
र ग्यास तुरुन्तै बाहिर
निकाल्छन्, जसले मनसुनी मौसममा
ब्रेकिङलाई झनै प्रभावकारी बनाउँछ।
तर यो डिस्कमा ब्रेक
प्याड अरूभन्दा केही चाँडो घिसिने
गर्छ — यो कुरा ध्यानमा
राख्नु जरुरी छ ।
स्लोटेड
डिस्क—सतहमा खाँचो कोरिएको यस
डिस्कले ब्रेक लगाउनेबित्तिकै तुरुन्त
प्रतिक्रिया दिन्छ । स्पोर्टस ड्राइभिङ
वा भारी गाडी चलाउनेहरूका
लागि यो आदर्श विकल्प
हो। आवाज र घिसावट
भने अरूभन्दा बढी हुन सक्छ ।
कुन छनोट गर्ने ?
दैनिक प्रयोगका लागि
सोलिड वा भेन्टिलेटेड डिस्क
पर्याप्त छ । प्रदर्शन र
परिस्थिति अनुसार थप क्षमता
चाहिन्छ भने ड्रिल्ड वा
स्लोटेड डिस्क बेस्ट रहन्छ ।
राम्रो
ब्रेक सिस्टम भनेको केवल
गाडी रोक्ने शक्ति मात्र
होइन—यो ड्राइभरको आत्मविश्वासको
स्रोत हो ।